

रुसको हवाई हमलामा परी ५० भन्दा बढी टर्की समर्थक लडाकुको मृत्यु


कार्तिक ११, ई–साझाकुरा
रुसले उत्तर सिरियाको इडलिब प्रान्तमा गरेको हवाई हमलामा परी ५० भन्दा बढी टर्की समर्थक लडाकुको मृत्यु भएको छ । सो हमलामा परी कैयौं लडाकु घाइते भएको र हमलापछि त्यस क्षेत्रमा हिंसा बढेको छ बीबीसीले जनाएको छ ।
समाचारमा जनाइएका अनुसार फेयलक अल साम नामक संगठनको प्रशिक्षण आधारलाई निशाना बनाएर रुसले हवाई हमला गरेको थियो । यस हमलासँगै रुस र टर्कीको मध्यस्थतामा इडलिबमा गरिएको युद्धविराम बिथोलिएको बताइएको छ ।

सो हवाई हमलामा अधिकांश घाइतेको अवस्था गम्भीर रहेकाले मारिने लडाकुकको संख्या ७८ सम्म पुग्न सक्ने बेलायतस्थित मानव अधिकार संगठन सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले बताएको छ ।
सिरियामा जारी गृहयुद्धमा रुस र टर्कीका विरोधी पक्षले समर्थन गरिरहेका छन् । गत मार्चमा युद्धविराम भएयताकै यो नै सबैभन्दा ठूलो हमला रहेको मानवअधिकारवादी संगठनको भनाइ छ ।


खबर सबै
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन






प्रतिक्रिया