

‘सुपा देउराली मन्दिर सारिंदैछ भन्ने हल्ला सत्य हैन’





अर्घाखाँची ; सुपा देउराली मन्दिर कहिँ नसार्ने मन्दिर संरक्षण समितिले जनाएको छ ।
नेपालकै एक धार्मिक तथा पर्यटकीय स्थल सुपा देउराली मन्दिर नरपानीमा सार्ने भन्ने कुरा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएपछि मन्दिर संरक्षण समितिले सोमबार पत्रकार सम्मलेन गर्दै खण्डन गरेको छ ।
समितिले उक्त समाचारप्रति खेद प्रकट गर्दै सुपा देउराली मन्दिर अन्य ठाउँमा सार्ने कुरा सञ्चार माध्यममा आएपछि मन्दिरको संरक्षण समितिसँग समन्वय नगरी एकतर्फी समाचार लेखेर भ्रम फैलाएको भन्दै मन्दिर समितिले आपत्ती जनाएको हो।
समितिले उक्त अफवाह फैलाउने सञ्चार माध्यमलाई कारवाहीको लागि सम्बन्धित निकायलाई पत्र समेत पठाउने भएको छ । कसैको व्यक्तिगत कुरालाई लिएर मन्दिर संरक्षण समितिको आधिकारिक धारणाबिना सञ्चारमाध्यममा ल्याइएको अफवाह प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै सन्धिखर्क नगरपालिका वडा नं ७ का अध्यक्ष चुरा बहादुर केसीले मन्दिर पहिलाकै स्थानमा रहने र कँही कतै सार्ने कुरा अफवाह मात्रै रहेको बताए । उनले सम्पूर्ण भक्तजनहरूलाई अफवाहको पछि नलाग्न समेत अनुरोध गरे ।
मन्दिर सार्ने हल्ला चलेपछि सामाजिक सञ्जालमा तिव्र विरोध हुँदै आएको थियो ।


खबर सबै
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न











प्रतिक्रिया