

‘सुपा देउराली मन्दिर सारिंदैछ भन्ने हल्ला सत्य हैन’



अर्घाखाँची ; सुपा देउराली मन्दिर कहिँ नसार्ने मन्दिर संरक्षण समितिले जनाएको छ ।
नेपालकै एक धार्मिक तथा पर्यटकीय स्थल सुपा देउराली मन्दिर नरपानीमा सार्ने भन्ने कुरा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएपछि मन्दिर संरक्षण समितिले सोमबार पत्रकार सम्मलेन गर्दै खण्डन गरेको छ ।
समितिले उक्त समाचारप्रति खेद प्रकट गर्दै सुपा देउराली मन्दिर अन्य ठाउँमा सार्ने कुरा सञ्चार माध्यममा आएपछि मन्दिरको संरक्षण समितिसँग समन्वय नगरी एकतर्फी समाचार लेखेर भ्रम फैलाएको भन्दै मन्दिर समितिले आपत्ती जनाएको हो।
समितिले उक्त अफवाह फैलाउने सञ्चार माध्यमलाई कारवाहीको लागि सम्बन्धित निकायलाई पत्र समेत पठाउने भएको छ । कसैको व्यक्तिगत कुरालाई लिएर मन्दिर संरक्षण समितिको आधिकारिक धारणाबिना सञ्चारमाध्यममा ल्याइएको अफवाह प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै सन्धिखर्क नगरपालिका वडा नं ७ का अध्यक्ष चुरा बहादुर केसीले मन्दिर पहिलाकै स्थानमा रहने र कँही कतै सार्ने कुरा अफवाह मात्रै रहेको बताए । उनले सम्पूर्ण भक्तजनहरूलाई अफवाहको पछि नलाग्न समेत अनुरोध गरे ।
मन्दिर सार्ने हल्ला चलेपछि सामाजिक सञ्जालमा तिव्र विरोध हुँदै आएको थियो ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया