बुद्ध शान्तिमा खेल सप्ताह समापन

राम बहादुर गन्धर्व : कपिलवस्तुकाे क.ब.न पा. वडा न.९ कुश्मा स्थित बुद्ध शान्ति इङलिस बाेडिङ्ग स्कुलमा मंगलबार खेलकुद सप्ताह समापन भएको छ।

पठनपाठन सँगै अतिरिक्त क्रियाकलाप अन्तर्गत बिद्यार्थीहरूकाे शैक्षिक ,बौद्धिक र शारीरिक बृद्विबिकासका लागि खेल अपिहार्य भएकोले यहि माघ -९गतेदेखि कक्षागत रूपमा बिद्यार्थीहरूलाई बिभाजन गरि नर्सरीदेखि कक्षा ६सम्मका बिद्यार्थीहरू सहभागी हुने गरि खेलकुद कार्यक्रम -दौड प्रतियोगिता ,रिले दौड ,फुडबल,हाइजम,लमजम्प लगायतका खेलहरूमा प्रतिस्पर्धा गराइएको थियो ।

खेल सप्ताहमा प्रथम ,द्वितीय र तृतीय स्थान हासिल गरेका बिद्यार्थीहरूलाई स्थाननुसारकाे पुरस्कार बितरण गरिएको थियो ।खेलकुद शहिदहरूकाे सम्झनामा खेलाइएको बिद्यालयका प्रधानध्यापक नाराण पौडेलले जानकारी दिनु भयो ।

प्रतिक्रिया

खबर सबै