

हजयात्रीको पहिलो नेपाली समूह मक्का मदिना प्रस्थान





काठमाडौं । नेपाली हजयात्रीको पहिलो समूह साउदी अरबको मक्का मदिना प्रस्थान गरेको छ ।
नेपाली हजयात्रीहरुको पहिलो टोलीलाई गएराति उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदाइ गरेका छन् ।
पहिलो चरणमा २६८ जना नेपाली हजयात्री मक्का मदिना प्रस्थान गरेको गृहमन्त्री श्रेष्ठका सचिवालय सदस्य कमल गिरीले जानकारी दिए ।
उनका अनुसार जेठ २४ गतेसम्म विभिन्न समूहबाट यस वर्ष झण्डै एक हजार १८० जना नेपाली हजयात्री साउदी अरेबिया पुग्नेछन् । उनीहरु ४५ दिनसम्मको हजपछि स्वदेश फर्किने छन् ।
नेपाली मुस्लिम जनसंख्याको शून्य दशमलव ०१ प्रतिशतलाई प्रत्येक वर्ष हज गर्न मक्का मदिना जाने कोटा सुविधा छ । गृह मन्त्रालय मातहतको नेपाल हज समिति, सचिवालयका सदस्य सचिव एवम् गृह मन्त्रालयका उपसचिव विश्व कुईंकेलका अनुसार हज समितिको सिफारिसका आधारमा हजयात्रीको छनौट हुने गर्दछ ।
मक्का मदिना मुस्लिम धर्मावलम्बीहरुको पवित्र तिर्थस्थल हो ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया