
भ्रष्टाचार बिरुद्ध अर्घाखाँचीमा काङ्ग्रेस निकट भातृ संगठनको बिरोध पर्दर्शन

अर्घाखाँची
भुटानी शरणार्थी प्रकरणमा ठुला नेताहरु पक्राउ परेपछी देशभर भ्रष्टाचार बिरोधी पर्दर्शन जारी छन त्यसै सन्दर्भमा अर्घाखाँचीमा पनि नेपालि काङ्ग्रेसका भातृ संस्थाहरुले भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेका छन् । नेपालिलाई भुटानी शरणार्थी बनाउने खेलमा अर्घाखाँची बाट निर्वाचित प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी मुछिएपछी अर्घाखाँचीबासी खिन्न भएको अवस्था छ ।
यस्ता खाले संगठित अपराधका विरुद्ध नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल दलित संघ र भुतपुर्व सैनिक संघले संयुक्त विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारिले मान्छे बेच्न तिमिलाई कस्ले सिकायो, ठुला माछा छोपिदेउ-जेलभित्र कोचिदेउ, भ्रष्ट जनप्रतिनिधी मुर्दावाद, मान्छे बेच्न पाईदैन-यस्ता जनप्रतिनिधी चाहिदैन, भ्रष्टचारमा दोषी देखिए, मेरै बा–आमालाई पनि नछोड, ठुला माछा छोपिदेउ, जेलभित्र कोचिदेउ, देशमा अर्थतन्त्र मन्द छ-नेताहरुको भ्रष्टचार धन्दा छ, अरबौं पचाउनेलाई-खबरदार बँचाउनेलाई, हाम्रो जनप्रतिनिधि चुकेको छ-लाजले शिर झुकेको छ, जनताको खबरदारी-नउम्किउन भ्रष्टचारी, नेता होस् कि नाता होस्-भ्रष्टचारीलाई पाता होस् जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
विरोध प्रदर्शन वि .पि . स्मृति भवनबाट सुरु भएर जिल्ला प्रशासन कार्यालय लाईन , टुंडिखेल चोक, मेनरोड हुँदै शान्ति बगैंचामा पुगि कोण सभामा परिणत भएको हो । कोण सभालाइ नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णु खनाल , पार्टी जिल्ला सभापती केशब श्रेष्ठ , पुर्व पार्टी सभापती कमल प्रसाद भुसाल लगायतले सम्बोधन गरेका थिए ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया