

चितवन–२ : रवि लामिछानेको जित निश्चित, हार स्वीकार गरी कांग्रेसका जितनारायणले दिए बधाई

काठमाण्डाै
चितवनको क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको जित निश्चित भएको छ । गन्न बाँकी रहेको मतभन्दा लामिछानेको मतान्तर धेरै छ ।
लामिछानेलाई प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले बधाई दिनुभएको छ । साथै उहाँले हार स्वीकार गरी नागरिकले परिवर्तन खोजेको प्रतिक्रिया दिनुभएको छ । पछिल्लो गणना बिहान साढे १० बजेको विवरणअनुसार लामिछानेले ४५ हजार ८ सय ४२ मत प्राप्त गर्नुभएको छ ।
जितनारायणले ८ हजार ४ सय २५ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार ३ सय ३० मत ल्याउनुभएको छ । लामिछाने र जितनारायणको मतान्तर ३७ हजार ४ सय १७ छ । अब गन्न बाँकी मत झण्डै १२ हजार छ । चितवन–२ मा कुल मतदाता १ लाख २४ हजार ६ सय ९५ रहेकोमा ७८ हजार २ सय ७७ मत खसेको छ ।
नागरिकतासम्बन्धी विवादका कारण रवि लामिछानेको सांसद पद खारेज भएपछि त्यहाँ उपचुनाव भएको हो ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दलले सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने बताउनुभएको छ । चितवन–२ मा जित निश्चित भएपछि भरतपुरमा पत्रकारसँगको कुराकानीमा उहाँले वर्तमान सरकारलाई दिएको समर्थनमा पुनर्विचार गर्ने बताउनुभयो।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया