

सन्धिखर्कका व्यवसायिक किसानलाई वितरण गरियो कृषिऔजार


अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले व्यवसायीक किसानलाई हाते ट्याक्टर र कुटानी पिसानी मेसिन वितरण गरेको छ । कृषकको उत्पादन लागत घटाउन तथा कृषिलाई यान्त्रिकरण र प्रविधि युक्त बनाउन उक्त सामग्री वितरण गरिएको हो ।
व्यवसायिक कृषि पेशामा लागेका कृषकलाई अनुदानमा विभिन्न सामग्री दिएपछि कृषक खुशी भएका छन् । गोरु पाल्ने कृषकको बाध्यता हटेको छ । कृषकको मागका आधारमा वडाको सिफारिस तथा व्यवसायिक कृषकको अनुगमन गरेर व्यवसायिक कृषि पेशामा लागेका कृषकलाई आधुनिक तथा प्रविधिमैत्री बनाउन ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर र कम्वाइन मेसिन वितरण गरिएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताएका छन् ।
कृषि पेशालाई आधुनिक र प्रविधियुक्त बनाएर थोरै लागतमा उत्पादन बढाउन तथा आम्दानी वृद्धि गर्न कृषकको मागका आधारमा सामग्री वितरण गरेको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए ।
यान्त्रिक उपकरण किसानको खेतबारीमा नपुगेसम्म वैज्ञानिक ढंगले कृषिक्षेत्रको विकास सम्भव हुन नसक्ने बताउँदै आफ्नो पालिका भित्रका व्यवसायिक कृषकलाई कृषिक्षेत्रमा प्रयोग हुने उपकरण नगरपालिकाले उपलब्ध गराउने बताए ।
उतपादन बिना आर्थिक समृद्धिको कल्पना समेत गर्न नसकिने भएकाले व्यवसायिक कृषि पेशामा लागेर स्वरोजगार बन्न कृषकलाई आग्रह गरे । व्यवसायिक कृषिमा लागेका कृषकलाई नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए। कृषि पेशालाई प्रविधिमैत्री बनाउँदा कम समयमा उत्पादन बढी हुने र उत्पादन बढी भएपछि आम्दानी बढ्ने नगर उपप्रमुख मिश्रा आचार्यले बताइन् । उनले एक हल गोरुले दिनभरमा जोत्ने खेतबारी हाते ट्याक्टरले एक घण्टामै सम्पन्न गर्ने बताइन्।
आर्थिक वर्ष २०७९÷८० को स्वीकृत कार्यक्रमअन्तरगत व्यवसायिक कृषकलाई ५० वटा कुटानी पिसानी मेसिन र ३३ वटा मिनिटिरलर वितरण गरिएको हो । ५० प्रतिशत अनुदानमा कृषकले २९ हजार ९ सय ५० रुपैयाँका कुटानी पिसानी मिल र १९ हजार नौ सय रुपैयाँमा हाते ट्याक्टर प्राप्त गरेको कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले बताए । अन्नपूर्णबाट ।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया