जोखिममा खुसी खोज्ने प्रचण्ड, एमालेलाई राष्ट्रपति नदिएर अर्को जोखिम मोल्दै

काठमाडौं

सत्ता गठबन्धन भत्काउन कांग्रेसले अनेक प्रयास जारी राखेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीबीच हुने निरन्तरका भेटले पनि गठबन्धनमा दरार आएको संकेत गर्छ ।

बालुवाटार र बालकोटमा हुने भेटमा अर्थपूर्ण ढंगले सहमति जुट्न नसक्दा राष्ट्रपति कांग्रेसले पाएमा प्रचण्डलाई पाँचै वर्ष समर्थन गर्ने कांग्रेसको दाबी छ । कांग्रेसको दाबी र दिनहुँका भेटले पनि राष्ट्रपति चयनअघि के हुन्छ यसै भन्न सकिने अवस्था छैन् ।

बालुवाटारमा पुग्ने र छलफल गरेर फर्किने एमाले अध्यक्ष केपी ओलीको दैनिकी जस्तै बन्न पुगेको छ । यता, कहिले बालुवाटार त कहिले बालकोट पुगेर छलफल गर्ने फर्किने प्रधानमन्त्रीको दैनिकी देखिन्छ । देशले भोगेका समस्यामा छलफल गर्न नेताहरु बिरलै जुट्लान ।

सत्ता स्वार्थका निम्ति उनीहरु निरन्तर छलफल र बहस गरिरहेका छन् । राष्ट्रपतिमा राष्ट्रिय सहमतिको विषय उठाएको माओवादी केन्द्र र गठबन्धन बन्ने बेलाको पूर्वसहमति पालना हुनुपर्ने अडान राख्दै आएको एमालेबीच पछिल्लो समय सत्ता संघर्ष तीब्र बनिरहेको छ, यसको कारक बन्न पुगेको छ ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेस । कांग्रेस प्रवक्ता समेत रहेका नेता डाक्टर प्रकाशसरण महतले राष्ट्रपतिमा माओवादीले आफ्नो उम्मेदवारलाई सघाएमा उनको सरकारलाई पाँचै वर्ष सघाउने बताएका छन् ।

कांग्रेसले निरन्तर गठबन्धनको औचित्यमाथि प्रश्न उठाउदै आएको छ । एमालेलाई राष्ट्रपति दिनु संविधानविरुद्ध षडयन्त्र रच्नु भएको भन्दै क्रुद्ध कांग्रेसले राष्ट्रपतिमा माओवादीको समर्थन पाउला ? प्रश्न गम्भीर बन्न पुगेको छ ।

यता, एमालेसहितको सत्ता गठबन्धनमा प्रधानमन्त्री प्रचण्डले दबाब बढाउदै लगेका छन् । एमाले–कांग्रेस मिल्न नसक्ने देखेका प्रचण्डले आफ्नो पार्टी निर्णायक शक्ति रहेको बुझेका छन् । यहि तथ्यलाई लिएर उनले एमालेमाथि दबाब थप पेचिलो पार्दै लगेका छन् ।

एमालेले आफूलाई दिएको समर्थन फिर्ता लिएमा समेत कांग्रेसले समर्थन गर्ने र केपी ओलीलाई प्रधानमन्त्री बन्न रोक्ने काममा लाग्ने ठानेका प्रचण्ड सत्ता दाउमा राखेर एमालेमाथि दबाब सिर्जना गर्ने तहमा पुगेका छन् ।

पछिल्लो समय विदेशी शक्तिको चलखेल पनि सक्रिय बन्न थालेको भन्दै आक्रोश व्यक्त गरिरहेका ओली पनि प्रचण्डले कस्तो कदम चाल्छन भन्ने विषयमा अन्यौल छन् । पार्टी एकताको प्रस्तावमा ओली अनुदार देखिएपछि सत्ता मोहबाट केहि पर पुगेर भएपनि जोखिम मोल्न खोजिरहेका प्रचण्ड राष्ट्रपति चुनावअघि नै नयाँ प्रयोग गर्न खोजिरहेका छन् ।

राज्यविरुद्ध युद्ध छेड्नेदेखि विभिन्न काममा सरिक प्रचण्ड जोखिम मोल्दा खुशी हुने पात्र समेत हुन् ।

यसकारण उनी पछिल्लो समय सत्ता संकटलाई उपयोग गर्दै एमालेलाई दबाबमा पार्ने वा राष्ट्रपतिमा आफू अनुकुलको पात्रलाई अघि सार्ने प्रयत्नमा देखिन्छन् । तर, यो सम्भव हुन्छ वा हुन्न भन्ने विषयबारे थाहा पाउन कम्तिमा फागुन १३ अघि कुर्नैपर्नेछ ।

प्रतिक्रिया

खबर सबै