

वाणगंगामा पुनः रेडियो कक्षा संचालन हुँदै


असोज १८ कपिलवस्तु
कपिलवस्तुको वाणगंगामा पुनः रेडियो कक्षा सुरु हुने भएको छ । यस अघि ४५ दिन संचालन भएको रेडियो कक्षा सकिए सँगै नगरपालिकाको युवा शिक्षा तथा खेलकुद विकास शाखाले आउँदो मंगलबार अर्थात असोज २० गते देखि फेरी अर्काे चरणको कक्षा संचलान गर्न लागेको नगरपालिकाका शिक्षा शाखा प्रमूख बाबुराम भट्टराईले बताउनुभयो ।
कोभिड १९ का कारण विद्यालयमा विद्यार्थी उपस्थित गराएर पठनपाठन गर्ने वातावरण अझै तय नभईसकेकाले यो चरणको कक्षा संचालन गर्न लागिएको उहाँले बताउनुभयो । अघिल्लो चरणको भन्दा केही फरक शैलीमा नगरपालिका भित्रका चारवटा एफ.एम रेडियोहरुबाट बिहान ११ बजे देखि सो कक्षा संचालन हुने जनाइएको छ । नगरपालिका भित्रका विभिन्न विद्यालयमा कार्यरत विषयगत शिक्षकहरुले मुख्य चार विषयहरुको शिक्षण गर्ने छन् । कक्षा ४ देखि कक्षा १० सम्मका वालवालिकाहरुलाई लक्षित गरी नेपाली, अंग्रेजी, विज्ञान र सामाजिक विषयको रेडियो कक्षा संचालन गरीने नगरपालिकाका स्रोत व्यक्ति कविराज भण्डारीले बताउनुभयो ।
सो रेडियो कक्षामा सम्बन्धित कक्षाका विद्यार्थीहरुले रेडियो सुनि सिकाई हासिल गर्न पनि नगरपालिकाले अनुरोध गरेको छ । कोरोना महामारीका बिच वैकल्पिक सिकाईको विधि अन्र्तगत रेडियो कक्षा संचालन थालिएको हो ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया