

रेडियो हर्ट विटमा पुन: भुसालको नेतृत्व

म्याजिक इन्टरटेन्मेन्ट मिडिया प्रा.लि.द्धारा सञ्चालित हर्टविट एफ.एम.९१.३ मेगाहर्जको संचालक समिति अध्यक्षमा पुनः धातानन्द भुसाल सर्वसम्मत चयन भएका छन् । एफएमको शनिबार बाणगंगा १ बैरियामा भएको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशनबाट भुसाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
भुसालको नेतृत्वमा ९ सदस्यीय संचालक समिति गठन भएको छ । जसको बरिष्ठ उपाध्यक्षमा तुल्सी प्रसाद अर्याल, उपाध्यक्षमा सुनिल कुमार गुप्ता, महासचिवमा केशव सापकोटा, सचिवमा कमला खाँण (सुस्मा), कोषाध्यक्षमा अशोक कुमार पन्त चयन भएका छन् । यस्तै लेखा समिति संयोजकमा खगेन्द्र पौडेल, बरिष्ठ सल्लाहकारमा कृष्ण प्रसाद भट्टराई चयन भएका छन् भने सदस्यहरु कमलराज गौतम, अरुण सिंह, र क्याप्टेन गंगा बहादुर कार्कि चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष भुसालले रेडियोलाई जिल्लामै एक सबल संचारगृहका रुपमा स्थापित गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने जिकीर गरे । उनले विगतको कार्यकालमा पनि विभिन्न जटिल समस्याहरुलाई समाधान गर्दै रेडियोलाई जनतासंग जोड्न सफल भएको दाबी गरे ।
कोरोनाको महामारीले रेडियो नाजुक स्थितिमा रहँदा पनि आफुले विभिन्न निकायसंग सहकार्य गरेर अघि बढेको अध्यक्ष भुसालले स्मरण गरे ।

रेडियोबाट स्वच्छ, निष्पक्ष समाचार तथा सुचना सम्प्रेष्ण गरी रेडियोलाई सबैको साँझा संचार माध्यमको रुपमा स्थापित गर्न आफु प्रतिवद्ध रहेको उनले उद्घोष गरे ।
अध्यक्ष भुसालले बुवाआमाको नाममा अक्षयकोष स्थापना तथा वितरण गरेका छन् । जन्मस्थान, कर्मस्थान र बासस्थानको महत्वलाई शिरोधार्य गरि अक्षयकोष स्थापना गरेको उनले बताए । अध्यक्ष भुसाल विभिन्न अक्षयकोष स्थापना गरि सामाजिक काममा संक्रिय रहदै आएका छन् ।
सौभाग्यले मात्र कमै मानिसलाई ३ स्थानमा आफ्नो चिनारी बनाउने अवसर प्राप्त हुन्छ त्यो अहोभाग्य आफुले प्राप्त गरेकोमा उक्त स्थानको सम्मानको लागि सामाजिक कार्य गर्ने प्रेरणा जागेको भुसालले बताए ।
आयोजित पाचौं विशेष साधारण सभा तथा तेस्रो अधिवेशन वरिष्ठ उपाध्यक्ष तुल्सी प्रसाद अर्यालको स्वागत मन्तव्य तथा महासचिव विष्णु प्रसार अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन









प्रतिक्रिया