

सुनवलमा भ्यान र ट्रक ठोक्किँदा एकको मृत्यु, एक घाइते




पश्चिम नवलपरासी — पश्चिम नवलपरासीको सुनवलमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनवल नगरपालिका–४ स्थित जंगलमा ना ४ च ९६३१ नम्बरको पिकअप भ्यान र विपरीत दिशाबाट आइरहेको ना ५ ख ९७१५ नम्बरको ट्रक एकासपमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेका अनुसार पिकअप भ्यानका चालक चितवन भरतपुर महानगरपालिका १४ शिवनगरका ५२ वर्षीय राजकुमार विकको मृत्यु भएको हो । दुर्घटनामा घाइते विकलाई उपचारका लागि पृथ्वीचन्द्र अस्पताल परासी लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भरतपुर महानगरपालिका–१४ शिवनगरका शिव श्रेष्ठको रुपन्देहीको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ ।
![]()


खबर सबै
-
इरानले फेरि बन्द गर्यो होर्मुज, अमेरिकी नाकाबन्दी हटाउनुपर्ने शर्त
-
बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी
-
मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
-
सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण











प्रतिक्रिया