

हावामा प्रदूषण बढेपछि भारतको दिल्लीमा भोलि प्राथमिक तहका विद्यालय बन्द



हावामा प्रदूषण बढेपछि भारतको केन्द्रीय राजधानी दिल्लीमा भाेलि शनिवार प्राथमिक तहका विद्यालय बन्द गरिएको छ ।
हावाको प्रदूषण मानव स्वास्थ्यका लागि खतरनाक अवस्थामा पुगेपछि भोलि शनिवार कक्षा पाँचसम्मका विद्यालय बन्द गरिएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै कक्षा पाँचभन्दा माथिको कक्षाका लागि बाहिरी क्रियाकलापमा प्रतिबन्ध लगाइएको छ ।
मुख्यमन्त्री केजरीवालले पत्रकार सम्मेलन गरेर भोलि प्राथमिक तहका विद्यालय बन्द गर्ने र गाडीमा जोर–बिजोर प्रणाली लागू गर्नेबारे तयारी गरिरहेको बताउनुभयो ।
अहिले दिल्लीको वायु प्रदूषण निकै खराब अबस्थामा पुगेको छ । दिल्लीसँगै पञ्जाब, हरियाणा, यूपी लगायत उत्तर भारतको हावाको स्थिति खराब रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । – एजेन्सी


खबर सबै
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो







प्रतिक्रिया