

हावामा प्रदूषण बढेपछि भारतको दिल्लीमा भोलि प्राथमिक तहका विद्यालय बन्द

हावामा प्रदूषण बढेपछि भारतको केन्द्रीय राजधानी दिल्लीमा भाेलि शनिवार प्राथमिक तहका विद्यालय बन्द गरिएको छ ।
हावाको प्रदूषण मानव स्वास्थ्यका लागि खतरनाक अवस्थामा पुगेपछि भोलि शनिवार कक्षा पाँचसम्मका विद्यालय बन्द गरिएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै कक्षा पाँचभन्दा माथिको कक्षाका लागि बाहिरी क्रियाकलापमा प्रतिबन्ध लगाइएको छ ।
मुख्यमन्त्री केजरीवालले पत्रकार सम्मेलन गरेर भोलि प्राथमिक तहका विद्यालय बन्द गर्ने र गाडीमा जोर–बिजोर प्रणाली लागू गर्नेबारे तयारी गरिरहेको बताउनुभयो ।
अहिले दिल्लीको वायु प्रदूषण निकै खराब अबस्थामा पुगेको छ । दिल्लीसँगै पञ्जाब, हरियाणा, यूपी लगायत उत्तर भारतको हावाको स्थिति खराब रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । – एजेन्सी


खबर सबै
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट







प्रतिक्रिया