

विश्व कप फुटबल नजिकिएसँगै कतारमा सयौँ कामदारलाई बिदामा बस्न दबाब



काठमाण्डौँ
कतारमा विश्व कप फुटबल नजिकिएसँगै सयौँ आप्रवासी कामदारलाई बिदामा बस्न दबाब बढेको छ । मध्य दोहामा रहेका कामदारलाई उनीहरु बसिरहेको ठाउँ खाली गर्न र बिदामा बस्न दबाब दिइएको हो ।
विश्व कप फुटबलको प्रतिस्पर्धाका लागि लाखौँ विदेशी पाहुनालाई स्वागत गर्ने पर्खाइमा रहेको कतारको छविलाई भने धुमिल पारेको स्थानीय बासिन्दा र कामदारहरूले बताएका छन् । अल–मन्सौराको आसपास तथा अपार्टमेन्टमा बसेका दर्जनौँ श्रमिकहरू सडकमा निकालिएका समाचार संस्था एएफपीले जनाएको छ ।
कतारको २८ लाख जनसङ्ख्यामध्ये ८० प्रतिशतभन्दा धेरै नेपाल, भारत, पाकिस्तान, बङ्लादेश, फिलिपिन्सका साथै अफ्रिकी देश केन्या र युगान्डालगायत देशबाट कामको सिलसिलामा स्थायी तथा अस्थायी बसोबास गर्नेहरु रहेका छन् । जबरजस्ती बिदामा बस्न लगाइएका कामदारहरूले तलब नपाएको भन्दै आलोचना हुँदै आएको छ ।
आउँदो नोभेम्बर २० देखि विश्व कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । तर प्रतियोगिताको तयारी तथा निर्माण कार्यमा खटिएका श्रमिकलाई गरेको व्यवहारले कतारको आलोचना हुँदै आएको छ।


खबर सबै
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो







प्रतिक्रिया