

विश्व कप फुटबल नजिकिएसँगै कतारमा सयौँ कामदारलाई बिदामा बस्न दबाब

काठमाण्डौँ
कतारमा विश्व कप फुटबल नजिकिएसँगै सयौँ आप्रवासी कामदारलाई बिदामा बस्न दबाब बढेको छ । मध्य दोहामा रहेका कामदारलाई उनीहरु बसिरहेको ठाउँ खाली गर्न र बिदामा बस्न दबाब दिइएको हो ।
विश्व कप फुटबलको प्रतिस्पर्धाका लागि लाखौँ विदेशी पाहुनालाई स्वागत गर्ने पर्खाइमा रहेको कतारको छविलाई भने धुमिल पारेको स्थानीय बासिन्दा र कामदारहरूले बताएका छन् । अल–मन्सौराको आसपास तथा अपार्टमेन्टमा बसेका दर्जनौँ श्रमिकहरू सडकमा निकालिएका समाचार संस्था एएफपीले जनाएको छ ।
कतारको २८ लाख जनसङ्ख्यामध्ये ८० प्रतिशतभन्दा धेरै नेपाल, भारत, पाकिस्तान, बङ्लादेश, फिलिपिन्सका साथै अफ्रिकी देश केन्या र युगान्डालगायत देशबाट कामको सिलसिलामा स्थायी तथा अस्थायी बसोबास गर्नेहरु रहेका छन् । जबरजस्ती बिदामा बस्न लगाइएका कामदारहरूले तलब नपाएको भन्दै आलोचना हुँदै आएको छ ।
आउँदो नोभेम्बर २० देखि विश्व कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । तर प्रतियोगिताको तयारी तथा निर्माण कार्यमा खटिएका श्रमिकलाई गरेको व्यवहारले कतारको आलोचना हुँदै आएको छ।


खबर सबै
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट







प्रतिक्रिया