

पाकिस्तान उपचुनाव : पूर्वप्रधानमन्त्री इमरान खानको कीर्तिमानी जित





पाकिस्तानमा भएको उपचुनावमा पूर्वप्रधानमन्त्री इमरान खानले कीर्तिमानी जित हात पार्नुभएको छ । नेशनल असेम्बलीको आठ सिटका लागि हिजो आइतवार भएको उपचुनावमा खानले ६ सिटमा जित हात पार्नुभएको हो । उहाँ सात सिटमा उम्मेदवार बन्नुभएको थियो ।
यसअघि सन् २०१८ को आम चुनावमा खानले नेशनल असेम्बलीको पाँच सिटमा चुनाव जितेर कीर्तिमान बनाउनुभएको थियो । आफ्नो पछिल्लो कीर्तिमान तोड्दै उहाँ यस पटक सात सिटमा विजयी हुनुभएको बीबीसी हिन्दीले जनाएको छ । उपचुनावमा खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले आठमध्ये ६ सिट र पाकिस्तान पिपल्स पार्टी (पीपीपी) ले दुई सिट जितेको छ ।
चुनावमा पाएको सफलताको बलमा इमरानले आफ्ना लागि राजनीतिक ‘स्पेश’ बनाउने विश्लेषण भइरहेको बीबीसीले जनाएको छ । यस्तै हिजै उपचुनाव भएको पञ्जाबको तीन प्रान्तीय सिटमा पीटीआईले दुई र मुस्लिम लीग–नूनले एक सिट जितेको छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया