

टी–२० विश्व कप : नामिबियाले श्रीलङ्कालाई हरायाे



काठमाण्डाै
आईसीसी टी–२० विश्व कपकाे उद्घाटन खेलमा नामिबियाले श्रीलङ्कालाई हराएकाे छ । साइमन्ड्स स्टेडियम जिलङमा भएकाे खेलमा नामिबियाले ५५ रनले हरायाे ।
नामिबियाले दिएकाे एक सय ६४ रनकाे लक्ष्य पछ्याएकाे श्रीलङ्काले १९ ओभरमा अलआउट हुँदै एक सय आठ रनमात्र बनाउन सक्याे । श्रीलङ्काका लागि कप्तान दसुन शनाकाले २९ र भानुका राजपाक्षले २० रन बनाए । बलिङतर्फ नामिबियाका डेभिड विस, बेर्नार्ड, बेन शिकाेङ्गाे र जान फ्रिलिङ्कले दुई–दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे नामिबियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ६३ रन बनायाे । नामिबियाका लागि जान फ्रिलिङ्कले ४४ जेजे स्मिटले ३१ रन बनाए । बलिङतर्फ प्रमाेद मदुशानले दुई विकेट लिए ।
उद्घाटन खेलमा श्रीलङ्कालाई हराउँदै नामिबियाले महत्त्वपूर्ण दुई अङ्क प्राप्त गरेकाे छ । समूह ‘ए’ मा यी दुईसहित नेदरल्यान्ड्स र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् ।


खबर सबै
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो







प्रतिक्रिया