

टी–२० विश्व कप : नामिबियाले श्रीलङ्कालाई हरायाे


काठमाण्डाै
आईसीसी टी–२० विश्व कपकाे उद्घाटन खेलमा नामिबियाले श्रीलङ्कालाई हराएकाे छ । साइमन्ड्स स्टेडियम जिलङमा भएकाे खेलमा नामिबियाले ५५ रनले हरायाे ।
नामिबियाले दिएकाे एक सय ६४ रनकाे लक्ष्य पछ्याएकाे श्रीलङ्काले १९ ओभरमा अलआउट हुँदै एक सय आठ रनमात्र बनाउन सक्याे । श्रीलङ्काका लागि कप्तान दसुन शनाकाले २९ र भानुका राजपाक्षले २० रन बनाए । बलिङतर्फ नामिबियाका डेभिड विस, बेर्नार्ड, बेन शिकाेङ्गाे र जान फ्रिलिङ्कले दुई–दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे नामिबियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ६३ रन बनायाे । नामिबियाका लागि जान फ्रिलिङ्कले ४४ जेजे स्मिटले ३१ रन बनाए । बलिङतर्फ प्रमाेद मदुशानले दुई विकेट लिए ।
उद्घाटन खेलमा श्रीलङ्कालाई हराउँदै नामिबियाले महत्त्वपूर्ण दुई अङ्क प्राप्त गरेकाे छ । समूह ‘ए’ मा यी दुईसहित नेदरल्यान्ड्स र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् ।


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै






प्रतिक्रिया