

कपिलवस्तुमा पनि छैटौं सुरक्षित गर्भपतन दिवस मनाइयो



ई-साझाकुरा, असोज १०
कपिलवस्तुमा ‘सुरक्षित गर्भपतन सेवाप्रति हाम्रो प्रतिबद्धता, कोडिभ–१९ को महामारीमा पनि सेवाको प्रतिबद्धता’ भन्ने मुल नाराकासाथ छैटौं सुरक्षित गर्भपत दिवस मनाइएको छ ।
शनिबार कपिलवस्तु्को तौलिहवामा पत्रकारहरुसँग अन्तरक्रिया गरिएको हो । नेपाल परिवार नियोजन संघ कपिलवसतु शाखा र मेरी स्टोप्स तौलिहवा शाखको सहयोगमा कपिलवस्तु नगरपालिकाले अन्तरक्रिया सम्पन्न गरेको हो ।

उक्त अवसरमा संघका जिल्ला सभापति खग प्रसाद चापागाईले सुरक्षित गर्भपतन सेवा उपलब्ध भएपनि असुरक्षित गर्भपतन गर्ने गरिएको बताए । उनले विभिन्न औषधि र अन्य असुरक्षित तरिकाले गर्भपतन गराउँदा महिलाहरुको ज्यान जोखिममा परेको बताए ।
उनले सुरक्षित र मर्यादित बन्नुपर्ने र अस्थायी साधान समेत प्रयोग गर्नुपर्नेमा जोड दिए । उता मेरी स्टाप्स तौलिहाव शाखाका संयोजक मनिराम पाण्डेयले सरकारले तोकेको स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा उपलब्ध रहेको बताए ।
उनले मेरी स्टोप्सको तौलिहवा र चन्द्रौटा शाखामा गत वर्ष २२ सय महिलाले गर्भपतन सेवा लिएका बताए । उनले अझै पनि थुप्रैले असुरक्षित गर्भपतन गराउने गरेको बताए । नगरपालिकाका स्वास्थ्य संयोजक उमेश गुप्ताले प्रचारप्रसार र सचेतना बढाउनु पर्नेमा जोड दिए ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया