

कपिलवस्तुमा पनि छैटौं सुरक्षित गर्भपतन दिवस मनाइयो



ई-साझाकुरा, असोज १०
कपिलवस्तुमा ‘सुरक्षित गर्भपतन सेवाप्रति हाम्रो प्रतिबद्धता, कोडिभ–१९ को महामारीमा पनि सेवाको प्रतिबद्धता’ भन्ने मुल नाराकासाथ छैटौं सुरक्षित गर्भपत दिवस मनाइएको छ ।
शनिबार कपिलवस्तु्को तौलिहवामा पत्रकारहरुसँग अन्तरक्रिया गरिएको हो । नेपाल परिवार नियोजन संघ कपिलवसतु शाखा र मेरी स्टोप्स तौलिहवा शाखको सहयोगमा कपिलवस्तु नगरपालिकाले अन्तरक्रिया सम्पन्न गरेको हो ।

उक्त अवसरमा संघका जिल्ला सभापति खग प्रसाद चापागाईले सुरक्षित गर्भपतन सेवा उपलब्ध भएपनि असुरक्षित गर्भपतन गर्ने गरिएको बताए । उनले विभिन्न औषधि र अन्य असुरक्षित तरिकाले गर्भपतन गराउँदा महिलाहरुको ज्यान जोखिममा परेको बताए ।
उनले सुरक्षित र मर्यादित बन्नुपर्ने र अस्थायी साधान समेत प्रयोग गर्नुपर्नेमा जोड दिए । उता मेरी स्टाप्स तौलिहाव शाखाका संयोजक मनिराम पाण्डेयले सरकारले तोकेको स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा उपलब्ध रहेको बताए ।
उनले मेरी स्टोप्सको तौलिहवा र चन्द्रौटा शाखामा गत वर्ष २२ सय महिलाले गर्भपतन सेवा लिएका बताए । उनले अझै पनि थुप्रैले असुरक्षित गर्भपतन गराउने गरेको बताए । नगरपालिकाका स्वास्थ्य संयोजक उमेश गुप्ताले प्रचारप्रसार र सचेतना बढाउनु पर्नेमा जोड दिए ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया