

भारतकाे महाराष्ट्रमा बसमा आगाे लाग्दा ११ जनाकाे ज्यान गयाे, ३८ जना घाइते





एजेन्सी
भारतको महाराष्ट्रमा आज शनिवार बिहान गुडिरहेको एउटा बसमा आगो लाग्दा कम्तीमा ११ जनाको ज्यान गएको छ । बसमा रहेका अन्य ३८ जना यात्रु घाइते भएका छन् ।
महाराष्ट्रको नासिक सहर र औरंगाबाद सडक खण्डअन्तर्गत नंदूरनाका क्षेत्रमा बसमा आगो लागेको भारतीय प्रहरीले पुष्टि गरेको छ । बसले ट्रकलाई ठक्कर दिएपछि बसमा आगो लागेको थियो । घाइतेहरूको नासिक अस्पतालमा उपचार भइरहेको छ ।
यसैबीच महाराष्ट्रका मुख्यमन्त्रीले यस घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई पाँच–पाँच भारु क्षतिपूर्ति दिने घाेषणा गर्नुभएकाे नासिकका संरक्षक मन्त्री दादा भुसेले जानकारी दिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया