

बाणगंगा नगरपालिका भयो बालश्रम मुक्त घोषणा, आगामी वर्षको बजेट पनि सार्वजनिक





ई-साझाकुरा, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकालाई आज एक कार्यक्रमबा बिच पुर्ण बालश्रम मुक्त पालिका घोषणा गरिएको छ । शुक्रबार आर्थिक वर्ष २०७९÷०८० को वार्षिक बजेट सार्वजनीकरण तथा नगरपालिकालाई पूर्ण बालश्रम मुक्त नगर घोषणा पनि गरिएको हो ।
नगरका सबै ११ वटै वडाहरुलाई बालश्रम मुक्त गरेर सिंगो नगर बालश्रम मुक्त भएको नगरपालिकाले जनाएको छ । बालश्रम मुक्त गर्न आवश्यक सबै सूचक पूरा भएसंगै नगरपालिकालाई बालश्रम मुक्त नगर घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिनुभयो ।
सरकारले वि.सं. २०८२ सम्ममा सिंगो देशलाई नै बालश्रम मुक्त गराउने लक्ष्य लिएको छ । सोही लक्ष्य अनुरुप बाणगंगालाई शुक्रबार बालश्रम मुक्त गरिएको हो ।
बालश्रम मुक्त घोषणा सभामा राष्ट्रिय सभा सदस्य बिमला घिमिरे, लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थी, नगर प्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रीता कुमारी थारु, निवर्तमान नगर प्रमुख मंगल प्रसाद थारु, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी लगायतको उपस्थिति रहेको थियो ।
सोही अवसर पारेर बालश्रम मुक्तका लागि विभिन्न ढंगले सहयोग गर्ने संघ संस्था, कर्मचारीलाई सम्मान गरिएको छ ।
यसैबिच कपिलवस्तुको बाणगंगा नगरपालिकाले आगामि आर्थिक बर्ष २०७९÷८० को बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको ११ औँ नगरसभाबाट आगामि आर्थिक बर्षको निति कार्यक्रम तथा बजेट सार्वजनिक गरिएको हो । आगामि आर्थिक बर्षका लागि १ अरब ४९ करोड १७ लाख ८९ हजार बराबरको बजेट प्रस्तुत सार्वजनिक गरेको हो ।
बाणगंगा एकको मायादेवी रिर्सोटमा भएको ११ औं नगरसभामा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले उक्त बजेट प्रस्तुत सार्वजनिक गर्नुभएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० मा संघ र प्रदेश सरकारबाट प्राप्त वित्तिय समानिकरणमा रु. २२ करोड ६४ लाख ४२ हजार, सशर्त अनुदानमा रु.४६ करोड १८ लाख, राजस्व बाँडफाँडमा रु. २० करोड ५० लाख, ४७ हजार, समपुरक अनुदानमा रु. २ करोड ४० लाख, लअनुदानमा रु. २ करोड ९० लाख, आन्तरिक आयमा रु. १ करोड ७५ लाख, लागत सहभागिता र मौज्दात रकम रु. ४ करोड गरी जम्मा रु.१ अर्ब ४९ करोड १७ लाख ८९ हजारको बजेट बनेको हो ।
त्यस्तै सामाजिक सुरक्षा कार्यक्रमका लागि रु ३५ करोड, नगरपालिका र अन्तरगत कार्यालयमा कार्यरत कर्मचारीहरुको तलब भत्ता तथा नियमित कार्यक्रम लगायत अन्य प्रशासनिक कार्यका लागि रु १६ करोड १२ लाख रकम विनियोजन गरिएको छ । क्षेत्रगत बजेट विनियोजन अनुसार आर्थिक विकास तर्फका कार्यक्रमका लागि रु. ७ करोड ७९ लाख, सामाजिक विकास तर्फ रु. ७८ करोड ९२ लाख ६५ हजार, भौतिक पूर्वाधार तर्फ रु. ४४ करोड १४ लाख २४ हजार, वन, वातावरण तथा विपद व्यवस्थापन तर्फ रू. ९२ लाख, सुशासन तथा संस्थागत विकास तर्फ रू. १७ करोड ४० लाख बजेट विनियोजन भएको छ ।
प्रस्तुत बजेटमा आर्थिक, सामाजिक, पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन, शुसासन तथा संस्थागत विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याईएको छ । यो बजेट अघिल्लो आर्थिक बर्षको तुलनामा २२ करोडले बढी रहेको छ ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया