

भारतमा फेरि कोरोना भाइरसको सङ्क्रमण फैलिँदै

एजेन्सी
भारतमा फेरि कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ । भारतको केरला र महाराष्ट्रमा सबैभन्दा धेरै सङ्क्रमण फैलिरहेको हो ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले ३४ दिनपछि फेरि सङ्क्रमण बढेर सङ्क्रमितको सङ्ख्या एक प्रतिशतभन्दा धेरै पुगेको जनाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । महाराष्ट्रमा हिजो १ हजार ४ सय ९४ जनालाई सङ्क्रमण भएको पुष्टि भएको छ ।
यस्तै, तमिलनाडु, मुम्बई, दिल्ली र राजस्थानलगायत क्षेत्रमा पनि सङ्क्रमण फैलिन थालेको खबरमा उल्लेख छ । राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले सङ्क्रमण बढिरहेकाले सावधानी अपनाउन अपिल गर्नु भएको छ । भारतमा हिजो ४ हजार २ सय ७० जनालाई सङ्क्रमण भएको पुष्टि भएको थियो ।
कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि केन्द्रीय स्वास्थ्य मन्त्रालयले खोप अभियानलाई अझै प्रभावकारी बनाउँदै लैजाने जनाएको छ । त्यसका लागि घर घरसम्म नै पुग्ने अभियान सुरु भएको छ ।
भारतका २७ राज्यमा ६० वर्षभन्दा माथिका धेरैजसोले खोप लगाउन बाँकी रहेको छ । आउँदो जुलाई ३१ तारिखसम्म ६० वर्षभन्दा माथिका सबैलाई खोप लगाउने भारतको तयारी छ ।


खबर सबै
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट







प्रतिक्रिया