

श्रीलङ्कामा हिंसात्मक झडप, सत्तारूढ दलका एक सांसदकाे ज्यान गयाे

एजेन्सी
श्रीलङ्कामा भएको हिंसामा आज सोमवार सत्तारूढ दलका एक सांसदसहित दुई जनाको ज्यान जानुका साथै कम्तीमा एक सय ३९ जना घाइते भएको प्रहरी र अस्पतालका अधिकारीहरूले बताएका छन् ।
सांसद अमरकीर्थी अथुकोरालाले कारलाई रोक्ने क्रममा गोली चलाउँदा दुई जना गम्भीर घाइते भएको र घाइतेमध्ये एक जनाको पछि ज्यान गएकाे प्रहरीले जनाएको छ । सांसद्ले ‘त्यसपछि आफ्नो रिभल्भरले आफ्नै ज्यान लिएको’, एक प्रहरी अधिकारीले एएफपीलाई टेलिफोनमा भनेका छन् ।
कोलम्बोमा भएको झडपमा एक सय ३८ जना घाइते भएकालाई अस्पतालमा उपचार आवश्यक रहेको कोलम्बो नेशनल अस्पतालका प्रवक्ता पुष्पा सोयसाले एएफपीलाई बताउनुभयाे ।
सरकार र सांसद्लाई तत्काल समाधान खोज्न माग गर्दै केही दिनदेखि आन्दोलन जारी छ । यसैबीच राजधानी कोलम्बोमा प्रदर्शनकारीबीच भएको झडपका कारण तनाव उत्पन्न भएपछि आज प्रहरीले कर्फ्यु लगाएको थियाे ।


खबर सबै
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट







प्रतिक्रिया