

भारतमा अत्याधिक गर्मी, तापक्रम ४५ डिग्रि माथि पुग्यो

एजेन्सी, भारतका दिल्ली, राजस्थान, उत्तर प्रदेशलगायत कयौँ राज्य अत्यधिक गर्मीको चपेटामा परेका छन्।
केही जिल्लाको तापक्रम ४५ डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। तातो हावाका कारण जनजीवन प्रभावित भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। भारतको मौसम विभागले आगामी चार–पाँच दिनमा तापक्रम थप बढ्ने चेतावनी दिएको छ। मौसम विभागले पश्चिमी राजस्थान, मध्यप्रदेश लगायतमा केही दिन लू चल्ने चेतावनी दिएको छ।
बिहार, पश्चिम बंगाल, छत्तिसगढ, गुजरात र महाराष्ट्रमा अझै केही दिन चर्को गर्मीको सामना गर्नुपर्ने बताइएको छ । भारतको दिल्लीमा आज ४४ डिग्री, गुजरातमा ४५ डिग्री, मध्यप्रदेशमा ४३ डिग्री, उत्तराखण्डमा ४० डिग्री तथा उत्तर प्रदेशमा ४४ डिग्रीसम्म तापक्रम पुग्ने अनुमान गरिएको छ।
कतिपय ठाउँको तापक्रम ४७ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। पछिल्लोपटक कोरोना संक्रमण फेरि बढ्दै गएको अवस्थामा अत्यधिक तापक्रम बढ्न थालेपछि भारतीय स्वास्थ्य अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन्।


खबर सबै
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट







प्रतिक्रिया