
२ सय नागरिक नेकपा कपिलवस्तुमा प्रवेश

भाद्र २५ कपिलवस्तु
कपिलवस्तुको वाणगंगा नगरपालिका ८ सिसेनी गाउँका २ सय बढि व्यक्ति विभिन्न पार्टी परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । सिसेनी गाउँका २ सय बढिलाई राष्ट्रिय सभा सदस्य विमला घिमिरे र नेकपा जिल्ला अध्यक्ष झविलाल पोखरेलले स्वागत गर्नुभएको छ ।
राष्ट्रिय सभा सदस्य घिमिरले नव प्रवेशीलाई नेकपाको विचार र आस्थामा अडिग रहन आग्रह गर्नुभयो । नेकपाले जनताको पक्षमा सदैव काम गर्दै आइरहेकाले सवै श्रमजिवी वर्गको उत्थानका निति, कार्यक्रम र बजेट ल्याइरहेको समेत उहाँको भनाई थियो ।
त्यस्तै कार्यक्रममा प्रदेश सचिवालय सदस्य बलराम अधिकारीले सिसेनी गाउँ र जनताको समस्यामा आफु राम्रैसंग जानकार भएकाले गाउँको विकासमा सहयोग सदैव रहने बताउनुभएको छ । कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष झविलाल पोखरेलले जनताको विकास र राष्ट्रको समृद्धिमा नेकपाको पालामा उल्लेख्य काम हुने दावी गर्नुभयो ।
नगर वडा कमिटि ८ को आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा कार्यक्रममा नेकपा जिल्ला सचिव रामचन्द्र शाह जिल्ला सचिवालय सदस्य नारायण भुसाल, शंकर पाण्डे, सुवास सल्यानी, लक्ष्मण वेल्वासे, लगाएतको सहभागीता थियो ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया