

रुसी रक्षामन्त्रीलाई ‘हार्टअट्याक’ !

एजेन्सी
रुसका रक्षामन्त्री सर्गेई सोइगुलाई हृदयघात भएको खुलेको छ । ६६ वर्षीय नेता सर्गेई सोइगुलाई ठूला हृदयघात भएको र उनी अहिले आफ्नो जीवनका लागि संर्घष गरिरहे गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
उनलाई हाल सघन उपचार कक्षमा राखेर उपचार गरिदै आएको जनाइएको छ । एक ६२ वर्षीय रुसी व्यापारी लियोनिद नेभ्जलिनले सामाजिक संजाल फेसबुकमा भनेका छन्, ‘सोइगु अहिले जीवन मरणको दोसाँधमा छन् । बाँचे भने उनी असक्त बन्न सक्छन् । उनलाई अचानक हृदयघात भयो । प्राकृतिक कारणले हृदयाघात नभएको हल्ला चलेको छ। ’
ती व्यपारी रुसी राष्ट्रपति भ्लादमिर पुटिनको बिरोधी भएकोले स्वतन्त्र पुष्टि भने भएको छैन । यद्यपि विभिन्न सञ्चार माध्यमहरुले भने यस भनाइप्रति विश्वास गर्न सकिने तर्कहरु प्रस्तुत गरेका छन् । ती व्यपारीले रक्षामन्त्रीलाई अस्वभाविक हृदयघात भएको दावी गरिरहेका छन् ।
रक्षामन्त्रीलाई हृदयघात भएको समाचारहरु बाहिर आएपनि कहिले भएको भन्ने खुलाइएको छैन । यसबारे रुसले आधिकारिक रुपमा जानकारी बाहिर ल्याएको छैन ।
२४ फेब्रुवरीमा युक्रेनमा युद्ध सुरु गरेदेखि युक्रेनमा तैनाथ रुसी सेनाहरूले परिस्थितीलाई सहज भने मानेका छैनन ।
उनीहरुले युक्रेनबिरुद्ध रणनीति परिवर्तन गर्न भने सकिरहेका छैनन । रुसी रक्षामन्त्रीको त्यो अवस्थाले पनि रुसी सैनिकहरुमा त्यो सकस परेको हुन सक्ने अनुमान गर्ने ठाउँ प्रशस्तै रहेका छन् ।
यसका साथै युक्रेनले रुसमाथि प्रतिकार गर्न सफल भएको र १५ हजारभन्दा बढी रुसी सेनाको ज्यान लिन सफल भएको दावी गर्दै आएको छ ।


खबर सबै
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट







प्रतिक्रिया