

बाँसगढी नगरपालिकामा एक साता निषेधाज्ञा


भदौ २२, बर्दिया
बाँसगढी नगरपालिकामा एक साता निषेधाज्ञा लागु गरिएको छ। चौधरी ग्रुपको सिजी फुटका ४२ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै निषेधाज्ञा लागु गरिएको हो । कोरोना संकट व्यवस्थापन समिति अध्यक्ष एवं प्रजिअ अधिकारीको अध्यक्षतामा आइतबार साँझ बसेको बैठकले निषेधाज्ञा गर्ने निर्णय गरेको हो। सोमबार बिहान ६ बजेदेखि भदौ २८ गते आइतबार मध्यरातसम्म लागि निषेधाज्ञा लागु गरिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए। निषेधाज्ञाको अवधिमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र निस्कनै परे अनिवार्य मास्क प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ। निषेधाज्ञाको अवज्ञा गरे कानुनअनुसार कारबाही गरिने प्रजिअ अधिकारीले बताए। आइतबार चौधरी ग्रुपका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार हिजो पुष्टि भएका मध्येमा २९ पुरुष र १३ महिला रहेका छन । उनिहरुको कन्ट्याक ट्रेसिङमा परेका १५० जनाको स्वाब संकलन गरिएको छ।


खबर सबै
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ
-
उखु किसानले पाए साढे १२ करोड अनुदान
-
बाकेमा २३ हजार सवारीसाधन कारबाही हुदाँ उठ्यो १ करोड ९५ लाख राजस्व
-
हालान्ड र भोजिन्हालाई समेट्दै फिफा विश्वकपको ‘टिम अफ दी टुर्नामेन्ट’ सार्वजनिक
-
साइबर ब्यूरोद्वारा अभियन्ता वेदिका केसी पक्राउ
-
भारतपछि चीन भ्रमणको गृहकार्यमा रवि लामिछाने






प्रतिक्रिया