

बाँसगढी नगरपालिकामा एक साता निषेधाज्ञा



भदौ २२, बर्दिया
बाँसगढी नगरपालिकामा एक साता निषेधाज्ञा लागु गरिएको छ। चौधरी ग्रुपको सिजी फुटका ४२ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै निषेधाज्ञा लागु गरिएको हो । कोरोना संकट व्यवस्थापन समिति अध्यक्ष एवं प्रजिअ अधिकारीको अध्यक्षतामा आइतबार साँझ बसेको बैठकले निषेधाज्ञा गर्ने निर्णय गरेको हो। सोमबार बिहान ६ बजेदेखि भदौ २८ गते आइतबार मध्यरातसम्म लागि निषेधाज्ञा लागु गरिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए। निषेधाज्ञाको अवधिमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र निस्कनै परे अनिवार्य मास्क प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ। निषेधाज्ञाको अवज्ञा गरे कानुनअनुसार कारबाही गरिने प्रजिअ अधिकारीले बताए। आइतबार चौधरी ग्रुपका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार हिजो पुष्टि भएका मध्येमा २९ पुरुष र १३ महिला रहेका छन । उनिहरुको कन्ट्याक ट्रेसिङमा परेका १५० जनाको स्वाब संकलन गरिएको छ।


खबर सबै
-
दाङ : खोलामा डुबेर एक युवकको मृत्यु
-
मौसम विज्ञान विभागले भन्यो- अब धान नकाट्नू
-
एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै
-
चक्रवातको प्रभाव : कपिलवस्तु सहित लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल







प्रतिक्रिया