

लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई


साझाकुरा, कपिलवस्तु | लायन्स क्लव अफ कपिलवस्तुले शनिबार लायन्स पार्क सरसफाइ गरेको छ । लायन्स क्लव अफ कपिलवस्तु वर्ष २०२६/०२७ को ‘वातावरण विशेष कार्यक्रम’ अन्र्तगत कपिलवस्तुको बाणगंगा ९ कपिल आरोग्य मन्दिर कपिलधाम परिसरमा निर्मित लायन्स पार्क सरसफाई गरिएको हो ।
लायन्स क्लव अफ कपिलवस्तुले आफ्नै लागतमा निर्माण गरेको उक्त पार्क लायन्स क्लव अफ कपिलवस्तु तथा लियो क्लव अफ कपिलवस्तुसहित लायन्स क्लव अफ कपिलवस्तु स्टार र लायन्स क्लव अफ कपिलवस्तु दिदीबहिनीले संरक्षण तथा विकास गर्दै आएका छन् ।
क्लवका अध्यक्ष सुमन क्षेत्रीका अनुसार लायन्स क्लवले पवित्र धार्मिक स्थल कपिलधाम परिसरमा लायन्स क्लव अफ कपिलवस्तुको सामाजिक विकास कार्यक्रमलाई प्रभावकारी बनाउन लायन्स पार्क निर्माण गरेको जानकारी दिए । उक्त पार्कको समय समयमा लायन्स सदस्यहरुले सरसफाई पनि आफैले गर्ने गरेको उनको भनाइ छ ।
लायन्स पार्कलाई अझै व्यवस्थित र सुन्दरीकरण गर्ने कार्यमा लायन्स सदस्यहरु सक्रियताका साथ लागिरहेको क्वलका सचिव प्रेम पाण्डेले जानकारी दिएका छन् । उनले भने, ‘हामी लायन्स पार्कलाई सधै सुन्दर होस भन्नका लागि बेला बेलामा सरसफाई र सुन्दरीकरणका कामहरु गरिरहेका हुन्छौँ । आज पनि त्यही अनुसारको कार्यक्रम गरिएको हो ।’
कपिलधाम परिसरभित्र निर्माण लायन्स पार्क बहुउद्देश्यीय सभाहलको अग्रहभागमा रहेको छ । कपिलधाम परिसरमा घुमफिर तथा अवलोकनमा पुग्ने पर्यटकले लायन्स पार्क पनि सजिलै अवलोकन गर्न सक्छन् । पार्कमा विभिन्न फूल तथा बोटविरुवाहरु लगाइएको छ ।
पार्कको सरफाई कार्यक्रममा लायन्स क्लव अप कपिलवस्तुका पुर्व अध्यक्षहरुसहित वर्तमान कार्यसमितिका पदाधिकारी तथा लायन सदस्यहरुको उपस्थिति रहेको थियो ।

यसैबिच लायन्स क्लव अफ कपिलवस्तुले शनिबार नै हरिशयनी एकादशीको अवसरमा कपिलधाममा रहेका गाइलाई घाँस पनि खुवाएको छ । क्लवका अध्यक्ष सुमन क्षेत्री तथा अन्य पदाधिकारीहरु र सदस्यहरुले धामभित्र पालिएका गाइहरुलाई घाँस खवाएका हुन ।


खबर सबै
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ
-
उखु किसानले पाए साढे १२ करोड अनुदान
-
बाकेमा २३ हजार सवारीसाधन कारबाही हुदाँ उठ्यो १ करोड ९५ लाख राजस्व
-
हालान्ड र भोजिन्हालाई समेट्दै फिफा विश्वकपको ‘टिम अफ दी टुर्नामेन्ट’ सार्वजनिक
-
साइबर ब्यूरोद्वारा अभियन्ता वेदिका केसी पक्राउ
-
भारतपछि चीन भ्रमणको गृहकार्यमा रवि लामिछाने






प्रतिक्रिया