आईपीएल २०२२ को पहिलो खेल : कोलकाताले हरायो चेन्नइलाई

मुम्बई

महेन्द्रसिंह धोनीले ३८ बलमा ५० रन बनाए पनि कोलकाता नाइट राइडर्सले शनिबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को उद्घाटन खेलमा चेन्नइ सुपर किंग्सलाई छ विकेटले पराजित गरेको छ । टिमको कप्तानी रविन्द्र जडेजालाई छाडेका ४० वर्षीय धोनीले पाँच विकेट गुमाएर ६१ रनको स्थितिमा रहेको चेन्नइलाई पाँच विकेटमै १ सय ३१ रनको अवस्थामा पुर्‍याए ।

कोलकाता १८.३ ओभरमा विजयी लक्ष्यसम्म पुग्न सफल रह्यो र त्यसमा टिमका नयाँ कप्तान श्रेयस इयरले २० रन बनाएर नटआउट रहे । अजिन्के रहानेले सर्वाधिक ४४ रन बनाए । फास्ट बलर ड्वायन ब्राभोले तीन विकेट लिए र आईपीएल इतिहासमा सर्वाधिक विकेट लिने बलरको कीर्तिमान बराबरी गरे ।

उनीसँगै श्रीलंकाका लसिथ मलांगाले १ सय ७० विकेट लिएका छन् । आईपीएलको १५ औं संस्करण खेलिरहेका धोनीले जडेजासँग मिलेर ७० रनको साझेदारी गरे । जडेजाले २६ रन बनाए र उनीहरूले अन्तिम तीन ओभरमा ४७ रन जोडेका थिए । यस पल्ट प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । खेल मुम्बई र पुनेका चार मैदानमा मात्र हुनेछन् ।

प्रतिक्रिया

खबर सबै