

दिल्लीमा आगलागीबाट सातजनाको मृत्यु





रासस/सिन्ह्वा
भारतको नयाँदिल्लीमा शनिबार बिहान भएको आगलागीमा परेर कम्तीमा सातजनाको ज्यान गएको बताइएको छ। प्राप्त समाचारअनुसार नयाँदिल्ली सहरबाट उत्तरतर्फ रहेको गोकलपुर भन्ने स्थानमा रहेका घरटहरामा शनिबार बिहान अकस्मात् आगो लागेको थियो।
सो आगोले कम्तीमा पनि सातजनाको ज्यान लिएको र अन्य केही घाइते भएका अधिकारीहरूले जनाएका छन्। एकजना उद्धारकर्मीले दिएको जानकारीअनुसार सो क्षेत्रमा ६० वटा घरटहरा रहेका र ती सबैलाई आगोले छोएको थियो।
आगो ती सबै घरमा पुगेको र पछि दमकलले नियन्त्रणमा लिएको ती अधिकारीले जानकारी दिए। के–कति कारणले आगो लागेको हो भन्नेबारेमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ। त्यसैगरी, यहाँ भएको क्षतिको विवरण पनि संकलन भइरहेको तथा आगोबाट बचेका केही सरसामान हटाउने क्रम जारी रहेको ती अधिकारीले बताएका छन्।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया