

पुटिन र बाइडेनबीच फोनवार्ता : युक्रेनमा आक्रमण गरे ‘निर्णायक’ जवाफ दिने बाइडेनको चेतावनी





एजेन्सी
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच फोनवार्ता भएको छ । युक्रेनको विषयलाई लिएर दुई देशका प्रमुखबीच एक घण्टा लामो कुराकानी भएको हो ।
कुराकानीमा अमेरिकी राष्ट्रपति बाइडेनले रुसले युक्रेनमा आक्रमण गरे वाशिङ्टन र यसका सहयोगीले ‘निर्णायक’ जवाफ दिने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । साथै कुटनीतिक रुपमा समाधान खोज्न अमेरिका तयार रहेको पनि बाइडेनले बताउनुभएको छ ।
तर क्रेमलिनले फोनवार्तालाई सकारात्मक रुपमै लिएको जनाएको छ । अमेरिकी अधिकारीहरूले पुटिनको अन्तिम मनसायबारे आफूहरु प्रष्ट हुन नसकेको बताएका छन् ।
फोनवार्तापछि अमेरिकी वरिष्ठ प्रशासन अधिकारीले रूसले सैन्य कारबाहीमा अगाडि बढ्न सक्ने स्पष्ट सम्भावना रहेको र त्यो दृष्टिकोणमा कुनै आधारभूत परिवर्तन नभएको प्रतिक्रिया दिएका छन् । रुसले युक्रेन सीमा क्षेत्रमा एक लाखभन्दा धेरै सैनिक तैनाथ गरेपछि विवाद बढेको हो ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया