

भारतमा क्रिप्टोकरेन्सी बनाइयो वैध, विद्युतीय मुद्रा पनि सञ्चालनमा आउने





एजेन्सी
भारत सरकारले मंगलवार प्रस्तुत गरेको बजेटमा डिजिटल क्षेत्रमा दुईवटा ठूला घोषणा गरिएका छन् ।
सन् २०२२ मै भारतको केन्द्रीय बैंक आरबीआईले ब्लकचेन र अन्य प्रविधिको उपयोग गर्दै आरबीआई डिजिटल रुपया भन्ने विद्युतीय मुद्रा जारी गर्ने घोषणा अर्थमन्त्री निर्मला सीतारमणले गरिन् ।
क्रिप्टोकरेन्सीलाई पनि वैध बनाउने बजेट भाषणमा उल्लेख छ । यसबाट हुने कमाइमा ३० प्रतिशत कर लगाइनेछ । भर्चुअल डिजिटल एसेट्सको करमा परिवर्तन गरेको सीतारमणले बताइन् ।
बजेटका अन्य पक्षको कुरा गर्दा पूँजी लगानीबाट रोजगार बढाउन ७.५५ लाख करोड भारुको प्रावधान ल्याइएको छ । ठूला उद्योग र एमएसएमई दुवैलाई यसले सहायता हुनेछ । महामारीले थिलथिलो भएको अर्थतन्त्र उकास्न यो आवश्यक थियो ।
जलवायु परिवर्तनको असर रोक्न सोभरेन ग्रीन बोन्ड्स पन जारी गर्ने निर्णय लिइएको छ । यसको रकम काबैन उत्सर्जनमा कमी ल्याउन सहयोगी हुने सरकारको विश्वास छ ।
सेमीकन्डक्टर निर्माणका लागि उद्योग विकास गर्ने कुरा पनि बजेटमा परेको छ । यसबाट निर्यातलाई पनि प्रोत्साहन पुग्नेछ ।
बजेटमा रोजगारी र गरीबहरूलाई सुविधाका प्रावधान पनि छन् । ६० लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य बजेटले लिएको छ ।
गरीबहरूका लागि ८० लाख घर बनाइने योजना पनि छ । त्यसका लागि ४८ हजार करोड भारु छुट्ट्याइएको छ ।
नयाँ बजेटमार्फत आयकरमा सरकारले कुनै छुट नदिएको भनी व्यवसायी र जागिरेहरूले निराशा व्यक्त गरेका छन् ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया