भारतमा एकै दिन २ लाख ३४ हजार संक्रमित, ८९३ जनाको मृत्यु

नयाँ दिल्ली 

भारतमा आइतबार पछिल्लो २४ घण्टामा २ लाख ३४ हजारभन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। त्यस्तै एकै दिन ८९३ जनाको मृत्यु भएको छ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जारी गरेको तथ्यांकमा पछिल्लो २४ घण्टामा ३ लाख ५२ हजारभन्दा बढी मानिस कोरोनामुक्त भएका छन्।

हाल भारतमा सक्रिय संक्रमितको संख्या १८ लाख ८४ हजार ९३७ पुगेको छ । दैनिक संक्रमित दर १४.५०% रहेको छ।

प्रतिक्रिया

खबर सबै