

चीनले अमेरिकालाई दियो चेतावनी, बाइडेन प्रशासनले तीन चिनियाँ कम्पनीमाथि लगायो प्रतिबन्ध

एजेन्सी
अमेरिकाको तर्फबाट तीन चिनियाँ कम्पनीमाथि लगाइएको ताजा प्रतिबन्धको चीनले कडा विरोध गरेको छ । शनिबार चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले उनको देशले चिनियाँ फर्माको वैध अधिकार र हितको रक्षाका लागि जवाफी कदम उठाउने घोषणा गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयले शुक्रबार चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेशन (सीएएससी) फर्स्ट एकेडेमी, चाइना एरोस्पेस साइन्स एन्ड इन्डष्ट्रि कर्पोरेशन (सीएएसआईसी) फोर्थ एकेडेमी र पोली टेक्नोलोजिस इनकर्पोरेटेड (पीटीआई) सँग उसको सहायक कम्पनीमाथि जरिवाना लगाएको थियो ।
अमेरिकाको दाबी अनुसार यी तीनै चिनियाँ कम्पनी मिसाइल प्रोद्योगिकी प्रसारसँग जोडिएका गतिविधिमा समावेश थिए । चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) को खबर अनुसार चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले भने, ‘कुनै तथ्याङ्क बिना नै अमेरिकाले चिनियाँ कम्पनीलाई प्रतिबन्धित गरेको छ, यसले दुबै देशका कम्पनीको हितलाई गम्भीर रुपमा हानी पुगिरहेको छ । यसका साथै यो अन्तरराष्ट्रिय आर्थिक र व्यापार व्यवस्थालाई बाधित गरिरहेको छ र विश्वव्यापी औद्योगिक श्रृङ्खलाको सुरक्षा र स्थिरतालाई खतरामा पारिरहेको छ । यो विश्वव्यापी अर्थव्यवस्थाको विकास र त्यसको संकटबाट बाहिरिनका लागि पनि हानिकारक छ ।’
चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमेरिकामाथि दोहोरो रवैया अपनाएको आरोप लगाउँदै शुक्रबार भनेका थिए, ‘अमेरिकालाई अन्य देशको विषयमा बयानबाजी गर्ने कुनै अधिकार छैन ।’
झाओले एक पत्रकार सम्मेलनमा भनेका थिए, ‘चिनियाँ सरकार सामूहिक विनासको हतियारको प्रसार र त्यसको वितरणको साधनको लगातार विरोध गर्ने गर्छ ।’
झाओले हालैका वर्षमा परमाणु अप्रसारको विषयमा अमेरिकाको दोहोरो रवैयातर्फ पनि इशारा गरे ।
झओका अनुसार अमेरिका आफ्ना सहयोगीलाई मिसाइल र सम्बन्धित प्रोद्योगिकीको विकासमा मद्दत गर्नुका साथै अष्ट्रेलियालाई टमहक क्रुज मिसाइल बेच्ने योजना पनि बनाइरहेको छ । यी मिसाइल परमाणु हतियार लैजान सक्षम छन् र यसको रेन्ज २५०० किलोमिटरसम्म छ ।


खबर सबै
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार







प्रतिक्रिया