

लाहोरमा बम बिस्फोट, कम्तीमा ३ जनाको मृत्यु





लाहोर
पाकिस्तानको व्यस्त सहर लाहोरमा बम विस्फोट हुँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ। बिहीबार दिउँसो बम विस्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको हो।
विस्फोटबाट अन्य १६ मानिस घाइते भएको र घाइतेहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको लाहोर प्रहरीले जनाएको छ। पञ्जाबका मुख्यमन्त्री उस्मान बुज्दारले लाहोरमा अशान्ति मच्चाउन सो विस्फोट गराइएको हुनसक्ने अनुमान गरेका छन्।
बम विस्फोटको कारणबारे हालसम्म पुष्टि भइनसकेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको स्थानीय मिडिया डन न्युजमा खबर छ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया