

बेलायतमा गोलीकान्ड : आक्रमणकारीसहित ६ जनाको मृत्यु





एजेन्सी
बेलायतको प्याइमाउथमा भएको गोलीकान्डमा हमलावरसहित ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बेलायतको स्थानीय समयअनुसार साँझ ६ बजेर १० मिनेटमा किह्याम क्षेत्रमा गोलाबारीबारे प्रहरीले सूचना पाएका थिए ।प्रहरीका अनुसार घटनामा मारिनेमा ३ महिला, २ पुरुष र एक सन्दिग्ध रहेका छन् । सबै जनाको गोली प्रहारबाट मृत्यु भएको बताएका छन् ।
प्याइमाउथ सटन र डेभोनपोर्टका सांसद लुक पोलार्डले मारिने मध्ये एक १० वर्षभन्दा कम उमेरको बालिका रहेको बताएका छन् । डेभोन एन्ड कर्नवाल प्रहरीका अनुसार २ महिला र तीन पुरुषको घटनास्थलमा र एक महिलाको अस्पतालको उपचारको क्रममा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनाकी प्रत्यक्षदर्शी शारोनका अनुसार बन्दुकधारीले एउटा घरको ढोकामा लात्तीले हिर्काएर अन्धाधुन्ध गोली बर्साएका थिए । घरमा गोली हानेपछि उनी कुद्दै नजिकैको पार्कमा रहेका थप व्यक्तिहरूलाई गोली हानेका थिए ।


खबर सबै
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न











प्रतिक्रिया