
नेपाल एअरलाइन्सका जहाज दुबई जाँदै, टिकट काटिसकेका यात्रु नेपाल ल्याउने

ई–साझाकुरा, भदौ ५
टिकट काटिसकेका यात्रु लिन नेपाल एअरलाइन्सले दुबईको लागि दुई वटा उडान गर्ने भएको छ ।
आइतबार निगमका दुई वटा जहाज दुबई जाने एअरलाइन्सले जनाएको छ । निगमले टिकट लिइसकेका यात्रुले पीसीआर नेगेटिभ रिपोर्टसहित यात्रा गर्न अनुरोध गरेको छ ।

गएको मङ्गलबार नेपाली लिन दुबई गएको नेपाल एअरलाइन्सको जहाजलाई क्वरेण्टीन नभएको भन्दै रित्तै काठमाण्डौ फर्काएपछि चौतर्फी आलोचना भएको थियो । नेपाल फर्कन विमानस्थल पुगेका नेपाली निराश हुँदै घर फर्किएका थिए ।
तर कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको निर्णय उल्टाउँदै बिहीबारको मन्त्रिपरिषद्को बैठकले उद्धार उडान फेरि सुरु गर्ने निर्णय गरिसकेको छ । यसको लागि होटल क्वरेण्टीनको समेत सूची सार्वजनिक भएको छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया