

नेपाल एअरलाइन्सका जहाज दुबई जाँदै, टिकट काटिसकेका यात्रु नेपाल ल्याउने



ई–साझाकुरा, भदौ ५
टिकट काटिसकेका यात्रु लिन नेपाल एअरलाइन्सले दुबईको लागि दुई वटा उडान गर्ने भएको छ ।
आइतबार निगमका दुई वटा जहाज दुबई जाने एअरलाइन्सले जनाएको छ । निगमले टिकट लिइसकेका यात्रुले पीसीआर नेगेटिभ रिपोर्टसहित यात्रा गर्न अनुरोध गरेको छ ।

गएको मङ्गलबार नेपाली लिन दुबई गएको नेपाल एअरलाइन्सको जहाजलाई क्वरेण्टीन नभएको भन्दै रित्तै काठमाण्डौ फर्काएपछि चौतर्फी आलोचना भएको थियो । नेपाल फर्कन विमानस्थल पुगेका नेपाली निराश हुँदै घर फर्किएका थिए ।
तर कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको निर्णय उल्टाउँदै बिहीबारको मन्त्रिपरिषद्को बैठकले उद्धार उडान फेरि सुरु गर्ने निर्णय गरिसकेको छ । यसको लागि होटल क्वरेण्टीनको समेत सूची सार्वजनिक भएको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया