

एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना खोपमा रोक





एजेन्सी
अमेरिकाले एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना खोपमा रोक लगाएको छ ।
खोप लगाएका केही मानिसहरूमा रगत जम्ने समस्या देखिएकाले अमेरिकी अधिकारीहरूले जे एण्ड जे कोरोना खोप लगाउन तत्काका लागि रोक लगाउने भएका हुन् । जे एण्ड जे को खोप लगाएका ६८ लाखमध्ये ६ जनामा गम्भीर किसिमको रगत जम्ने समस्या देखिएको भन्दै तत्कालका लागि उक्त खोपको प्रयोग रोक्न आदेश दिइएको अमेरिकाको खाद्य तथा औषधी प्रशासन विभागले जनाएको छ ।
विभागले रोग नियन्त्रण तथा रोकथाम केन्द्रलाई रगत जम्ने समस्या देखिएकाहरूको विषयमा अनुसन्धान गर्न पनि भनेको छ । रगत जम्ने समस्याकाहरूलाई विशेष किसिमको उपचार आवश्यक पर्ने देखिएको सीएनएनले जनाएको छ । १८ देखि ४८ वर्ष उमेर समूहका महिलाहरूमा खोप लगाएको १२–१३ दिनपछि त्यस्तो समस्या देखिएको उल्लेख छ ।
भारतमा निर्मित एस्ट्राजेनेकाको खोप कोभिसिल्ड लगाएका केही मानिसमा पनि यस्तै समस्या आएपछि युरोपेली देशहरूले उक्त खोप केही समय रोकेर पुनः प्रयोगमा ल्याएका छन् ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया