
गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस मनाइँदै


काठमाण्डाै
नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवस मनाइँदैछ ।
स्मृति दिवसको अवसरमा आज नेपाली कांग्रेस र कांग्रेस निकट भातृ संगठनले विभिन्न कार्यक्रमकाे आयोजना गरेका छन् ।
चार पटक प्रधानमन्त्री र एकपटक राष्ट्रप्रमुख समेत बनेका कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको थियो । उहाँ २०४८ सालको आमचुनावमा नेपाली कांग्रेसले बहुमत ल्याएपछि पहिलो पटक प्रधानमन्त्री बन्नुभएको थियो ।
राणा शासनको विरोध गरेको अभियोगमा बुबाआमा प्रवासमा रहेका बेला कोइरालाको जन्म १९८१ सालमा भारतको टेडीमा भएको थियो । २०४७ सालको आन्दोलन, २०६२/६३ सालको दोश्रो जनआन्दोलन, तत्कालीन नेकपा माओवादीसँगको शान्ति सम्झौतालगायतमा उहाँको भूमिका महत्त्वपूर्ण छ ।
कोइरालाको निधनपछि सरकारले २०७१ जेठ १५ गते नेपाल रत्न मानपदवीबाट सम्मानित गरेको थियो । उहाँका दुई दाजु वीपी कोइराला र मातृकाप्रसाद कोइराला पनि प्रधानमन्त्री हुनुभएको थियो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया