कृषि प्रदान देश भनेर चिनिने नेपाल आज पनि विदेशको भर पर्नु पर्ने अवस्था रहेको छ : पुर्व गभर्नर नेपाल

भगवती न्यौपाने

कृषि प्रदान देश भनेर चिनिने नेपाल आज पनि विदेशको भर पर्नु पर्ने अवस्था रहेको नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर अर्थविद् डाक्टर चिरिन्जी नेपालले बताउनु भएको छ । मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशको आयोजनामा बाल यौन हिंसा न्युनिकरण सम्बन्धि सचेतना तथा झोला, स्टेसनरी वितरण तथा श्री नारायण, राधा खड्का मेची महाकाली आजाव लुम्बिनी प्रदेश अक्षयकोष स्थापना घोषणा कार्यक्रमलाई प्रमुख अथितिका रुपमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
, अर्थबिद् डा. नेपाल को प्रमुख आथितियतामा विदालयमा रहेका १ सय ४० जना विद्यार्थीहरुलाई विद्यालय ब्याग, स्टेशनरी विवरण गरिएको थियो ।

डाक्टर नेपालले उत्पादन र हरावाराको हिसाबले अन्य देशको तुलनामा नेपाल धेरै अगाडि भएको बताउदै उहाँले नेपालमा कृषिमा आत्म निर्भर हुन युवाहरुला आग्रह गर्नुभएको छ । विदेशमा जस्तो मेहनत र पसिना बगाउने हो भने सुन्दर भविष्य युवाको नेपालमा रहेको उहाँले बताउनु भयो । समाजमा हुने बाल यौन हिंसा जस्ता क्रियाकलाप अब घरबाटै रोक्न सुरु गर्नु पर्ने बताउदै अब विद्यार्थीलाई विद्यालयमा पनि यस्तो प्रकारको शिक्षा आवश्यक परेको बताउनु भयो ।
त्रिभुवन विश्व विद्यालय प्राध्यापक सुमन नेपालले भविष्यका कणधार बालबालिका माथि राज्यले ध्यान दिनु पर्ने बताउनु भयो । उहाँले पछिल्लो समय अन्यायमा परेका महिला बालबालिका माथि आवाजले धेरै राम्रो काम गरेको प्रशंसा गर्नु भयो ।

रैनादेवि छहरा गापा ७ बल्ढेङ्गगढी श्री गहते मावि विद्यारलय पाल्पामा भएको कार्यक्रममा बोल्दै मेचीमहाकालीका संयुक्त आवाजका केन्द्रीय सल्लाहकार सुर्यहरि मरठ्ठाले विकासका हिसाबले पछाडि परेको क्षेत्रमा राज्यको ध्यान जान जरुरी रहेको बताउनु भयो । उहाँले यसै प्रसंगमा आज पनि महिला आफ्नै समाजमा सुरक्षीत नभएको बताउनु भयो । अन्यायमा परेकालाई संयोग गर्न आवाजले अझ बुलन्द आवाजको काम गर्ने तर्क गर्नु भयो ।
महिला तथा बालबालिकाको हिंसा विरुद्धको हाम्रो अभियान नारा रहेको कार्यक्रममा प्रदेश संयोजक लता खड्काले हिंसा रहित बातावरण आजको आवश्यकता रहेको बताउनु भएको छ ।आफुले पढेको विद्यालय गहते माविमा यसरी अक्षयकोष स्थापना गर्न पाउँदा निकै खुसि रहेको बताउदै आगामि दिनमा अझै साथ सहयोग गर्ने बताउनु भयो । राज्यले विकासको हिसाबले पछाडि परेको यस्ता विद्यालयमा लगानी गर्नु पर्ने बताउनु भएको थियो ।सोही कार्यक्रमा संयोजक खड्काले आफ्ना आमा बुवाको नाममा १ लाख रुपैयाँको ‘ नारायण राधा खड्का मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेश अक्षय कोष ’ समेत स्थापना गरेको बताउनु भयो ।

आवाजका कपिलवस्तु संह सयोजक देवकला सुवेदीले जब सम्म महिला बालबालिका सुरक्षीत हुदैनन् तब सम्म देश समृद्ध हुन नसक्ने स्पष्ट पर्नु भयो । महिलालाई अवसर दिने हो भने समाज परिवर्तन गर्न सक्ने तर्क गर्दै समाजमा हिंसा किन भयो रु राज्यले पत्ता लगाउन आग्रह गर्नुभएको छ ।

गहते माविका प्रध्यापक भोजराज खड्काले आर्थिक संकटका कारण भौतिक संरचना सगै शिक्षकले तलब खान नसकेको अवस्था सृजना भएको समस्या व्यक्त गर्नुभयो ।
१४ जना कर्मचारी १४० विद्यार्थी भएको विद्यालय अहिले विकासको हिसाबले धेरै पछाडि परेको स्पष्ट पार्दै उक्त ठाउँमा पानिको पनि धेरै समस्य रहेको बताउनु भयो । समस्याले पिल्छिएको ठाउँ भएको हुदाँ राज्यले यस्तो क्षेत्रमा लगानी गर्नु पर्ने बताउनु उहाँको भनाई छ ।

मेचिमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेश अन्तर्गत पाल्पा, रूपन्देही र कपिलबस्तु शाखाको आयोजानमा पाल्पा जिल्लाको रैनादेबी छहरा गाँउपालिकामा वडा न. ७ मा रहेको गहते मा.बि मा स्टेशनरी वितरण गरिएको छ ।
बिद्यालयका शिक्षक अबिभावक तथा विद्यार्थीहरु, आयोजक संस्थाका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको उक्तकार्यक्रम संस्था कि लुम्बिनी प्रदेश संयोजक लता खड्काको अध्यक्षता, कपिलबस्तु संयोजक चन्द्रा अर्यालको स्वागत मन्तव्य तथा सचिव ईन्द्रा कुमारी विकको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

खबर सबै