
राजस्थानमा पाकिस्तानबाट आएका एकै परिवारका ११ जनाको शव भेटियो

ई–साझाकुरा, साउन २६
भारतको राजस्थानमा पाकिस्तानबाट गएका एकै परिवारका ११ जनाको शव भेटिएको छ । जोधपुर जिल्लाको देचू थाना क्षेत्रको खेतमा उनीहरुको शव भेटिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पाकिस्तानबाट गएकामध्ये १ जना जिवितै भेटिएका छन् ।
घटनास्थलबाट किटनाशक औषधि भेटिएकोले ज्यान जानुको कारण पारिवारिक झगडा हुन सक्ने अनुमान गरिएको बीबीसी हिन्दीले जनाएको छ ।

११ जनाको शव खेतमा भेटिएपछि प्रहरीले अनुसन्धान थालेको छ । झण्डै ८ वर्ष पहिले पाकिस्तानको सिन्ध प्रान्तबाट आएका उनीहरु आदिवासी भील समुदायका हुन् ।
परिवारले खेत भाडामा लिएर खेती गर्दै आएका थिए । ज्यान जानुको कारण थाहा पाउन फरेन्सिक एक्सपर्टको सहयोग लिइएको प्रहरीले जनाएको छ ।
पाकिस्तानबाट शरणको खोजी गर्दै आएको यो परिवारले भारतमा नागरिकताका लागि अपिल गर्दै आएको स्थानीय अगुवाले बताएका खबरमा उल्लेख छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया