

राजस्थानमा पाकिस्तानबाट आएका एकै परिवारका ११ जनाको शव भेटियो



ई–साझाकुरा, साउन २६
भारतको राजस्थानमा पाकिस्तानबाट गएका एकै परिवारका ११ जनाको शव भेटिएको छ । जोधपुर जिल्लाको देचू थाना क्षेत्रको खेतमा उनीहरुको शव भेटिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पाकिस्तानबाट गएकामध्ये १ जना जिवितै भेटिएका छन् ।
घटनास्थलबाट किटनाशक औषधि भेटिएकोले ज्यान जानुको कारण पारिवारिक झगडा हुन सक्ने अनुमान गरिएको बीबीसी हिन्दीले जनाएको छ ।

११ जनाको शव खेतमा भेटिएपछि प्रहरीले अनुसन्धान थालेको छ । झण्डै ८ वर्ष पहिले पाकिस्तानको सिन्ध प्रान्तबाट आएका उनीहरु आदिवासी भील समुदायका हुन् ।
परिवारले खेत भाडामा लिएर खेती गर्दै आएका थिए । ज्यान जानुको कारण थाहा पाउन फरेन्सिक एक्सपर्टको सहयोग लिइएको प्रहरीले जनाएको छ ।
पाकिस्तानबाट शरणको खोजी गर्दै आएको यो परिवारले भारतमा नागरिकताका लागि अपिल गर्दै आएको स्थानीय अगुवाले बताएका खबरमा उल्लेख छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया