

चन्द्रागिरी हिल्सको आईपीओ शुक्रबार बाँडफाँट


काठमाडौं
चन्द्रागिरी हिल्स लिमिटेडको साधारण सेयर (आईपीओ) आगामी शुक्रबार बाँडफाँट हुने भएको छ । कम्पनीको सेयर बिक्री तथा निष्काशनको जिम्मा पाएको ग्लोबल आइएमई क्यापिटलले शुक्रबार बाँडफाँट गर्ने जानकारी दिएको छ ।
कम्पनीले पुस २४ गतेदेखि सर्वसाधारणको आईपीओ बिक्रि खुला गरेको थियो । कम्पनीले एक सय रुपैयाँका दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्काशन गरेको हो ।
आईपीओमा आवेदन दिएका मध्ये १२ लाख ११ हजार ११५ जनाकोमात्रै आवेदन स्वीकृत भएको क्यापिटलले जनाएको छ । यसको अर्थ ४० हजार भन्दा धेरै आवेदकको आवेदन रद्द भएको छ ।
कम्पनीको आईपिओमा १२ लाख ५१ हजार १० जना आवेदकबाट २ करोड ४४ लाख ७४ हजार ५ सय ३० कित्ताको लागि आवेदन परेको हो । यो माग भन्दा १७.५३ गुणा बढी हो ।
कम्पनीले ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता आइपीओ कम्पनीका कर्मचारी, ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता सेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको छ ।
बाँकी १३ लाख ९६ हजार २२ कित्ता आईपीओ सर्वसाधारणको लागि छुट्याइएको कम्पनीले जनाएको छ । माग भन्दा धेरैको आवेदन परेका कारण अधिकांशले सेयर नपाउने देखिएको छ ।


खबर सबै
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा






प्रतिक्रिया