

राष्ट्रिय मदरसा संघ नेपाल द्वारा सशस्त्र प्रहरी नायब उपरिक्षक शाहीको सम्मानपूर्ण बिदाई कपिलवस्तु

ई–साझाकुरा अजय मिश्रा, साउन २४
सशस्त्र प्रहरी बल नेपाल नं.३९ गुल्म हे.क्वा (रा.तथा भन्सार सुरक्षा) कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरीक्षक सुशील शाही र सशस्त्र प्रहरी नायब निरीक्षक सुरेश न्यौपाने द्वयलाई राष्ट्रिय मदरसा संघ नेपालले एक सम्मान समारोहकासाथ शाही लाई भब्य बिदाई गरेको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक सुशील शाही र सशस्त्र प्रहरी नायब निरीक्षक सुरेश न्यौपाने लाई दोसल्ला ओढाई सम्मानित गर्दै उहाहरुको कार्यकालप्रति प्रसंशा पत्र समेत प्रदान गरिएको थियो । हाल शाहीको सरुवा चितवनमा भएको छ । नेपाल भारत खुल्ला सीमामा कडा सुरक्षा व्यबस्था मिलाई दिनरात नेपाली जनताको हक हितको लागि सीमामा हुने अवैध गतिविधीहरुमा लगाम लगाई समाजमा सदैव धार्मिक सहिष्णुता कायम गर्दै कृष्णनगरका जनताको सुख दुःखमा हात मिलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद र आगामी दिनमा पनि कार्यकाल सफल रहोस भन्ने शुभकामना दिदै ५ न.प्रदेश मदरसा बोर्ड का उपाध्यक्ष मौलाना महमूद खां नेपालीले विदाई गरेका थिए ।
विदाई समारोहमा ईप्रका कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेल, राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा. अब्दुलगनी अलकुफी, नेकपाका नगरसमिती अध्यक्ष जावेद आलम, राष्ट्रीय मदरसा संघ नेपाल का उपाध्यक्ष शैख जैस मक्की, राष्ट्रीय मदरसा संघ नेपाल का सल्लाहकार मास्टर अनवार अहमद,युवा समाजसेवी साहिल खान,अलसेराज उर्दु पत्रिकाका सम्पादक मौलाना मन्नान, सगीर खाकशार,राहुल मोदनवाल,संईद अख्तर,हसीर अहमद लगायत समाजका भद्रभलादमी पत्रकारहरुको उपस्थिति थियो।


खबर सबै
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण









प्रतिक्रिया