

राष्ट्रिय मदरसा संघ नेपाल द्वारा सशस्त्र प्रहरी नायब उपरिक्षक शाहीको सम्मानपूर्ण बिदाई कपिलवस्तु



ई–साझाकुरा अजय मिश्रा, साउन २४
सशस्त्र प्रहरी बल नेपाल नं.३९ गुल्म हे.क्वा (रा.तथा भन्सार सुरक्षा) कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरीक्षक सुशील शाही र सशस्त्र प्रहरी नायब निरीक्षक सुरेश न्यौपाने द्वयलाई राष्ट्रिय मदरसा संघ नेपालले एक सम्मान समारोहकासाथ शाही लाई भब्य बिदाई गरेको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक सुशील शाही र सशस्त्र प्रहरी नायब निरीक्षक सुरेश न्यौपाने लाई दोसल्ला ओढाई सम्मानित गर्दै उहाहरुको कार्यकालप्रति प्रसंशा पत्र समेत प्रदान गरिएको थियो । हाल शाहीको सरुवा चितवनमा भएको छ । नेपाल भारत खुल्ला सीमामा कडा सुरक्षा व्यबस्था मिलाई दिनरात नेपाली जनताको हक हितको लागि सीमामा हुने अवैध गतिविधीहरुमा लगाम लगाई समाजमा सदैव धार्मिक सहिष्णुता कायम गर्दै कृष्णनगरका जनताको सुख दुःखमा हात मिलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद र आगामी दिनमा पनि कार्यकाल सफल रहोस भन्ने शुभकामना दिदै ५ न.प्रदेश मदरसा बोर्ड का उपाध्यक्ष मौलाना महमूद खां नेपालीले विदाई गरेका थिए ।
विदाई समारोहमा ईप्रका कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेल, राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा. अब्दुलगनी अलकुफी, नेकपाका नगरसमिती अध्यक्ष जावेद आलम, राष्ट्रीय मदरसा संघ नेपाल का उपाध्यक्ष शैख जैस मक्की, राष्ट्रीय मदरसा संघ नेपाल का सल्लाहकार मास्टर अनवार अहमद,युवा समाजसेवी साहिल खान,अलसेराज उर्दु पत्रिकाका सम्पादक मौलाना मन्नान, सगीर खाकशार,राहुल मोदनवाल,संईद अख्तर,हसीर अहमद लगायत समाजका भद्रभलादमी पत्रकारहरुको उपस्थिति थियो।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया