

समावेशी कृषि सहकारीको नेतृत्व बेल्वासेलाई प्रदान


रामबहादुर गन्धर्व, पौष २५ कपिलवस्तु ।
फजुल खर्च कटौती गरौ बचत गर्ने बानिको बिकास गरौ भन्ने मुल नाराका साथ समावेशी कृर्षि सहकारी संस्था लि.बाणगंङ्गा ६ बैदौली नवौ साधरणसभा तथा चौथो अधिवेशन आज सम्पन्न भएको छ ।
संस्थाकि कोषाध्यक्ष सिर्जना पौडेलले संस्थामा कुल ५ सय ३३ जना शेयर सदस्य रहेको जानकारी गराउदै आ.ब.०७६र०७७ मा कुल ४० लाख ४६ हजार ५ सय ७४ रूपिया कारोबार भएको बताउनुभयो ।
यसैबिच सम्पन्न चौथो अधिवेशनले अगामी तीन बर्षका लागि कुलराज बेलबासेको अध्यक्षताम ११ सदस्यीय नयां कार्यसमिति समेत चयन गरेको छ । जसको उपाध्यक्षमा जयकरण थारू, सचिवमा राम प्रसाद भुसाल, सह सचिवमा शुशिला आचार्य र कोषाध्यक्षमा सिर्जना पौडेल चयन हुनुभएको छ ।
त्यस्तै नि.वर्तमान अध्यक्ष पदेन सदस्य रहने गरि अन्य सदस्यहरूमा कृष्ण प्रसाद गैरे,पबित्रा बेलबासे,मानबहादुर सार्की र सोनमती चौधरी चयन हुनुभयो ।
त्यस्तै संस्थाले लक्ष्मण बहादुर खनाको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति चयन गरेको छ भने नमनारायण उपाध्याय संयोजक रहने गरि ऋण उपसमिति पनि गठन गरेको छ । जसको सदसहरूमा पिताम्बर बि.क.र कमल गुरूङ रहेका छन भने संस्थाले आ.ब.०७७र७८का लागि समुहका सदस्यहरूलाई आयमुलक तालिम दिने ,पशु पालन गर्नेलाई बिशेष ग्राहता दिने जस्ता महत्त्वपूर्ण योजना अगाडी सारेको छ । नवनिर्वाचित पदाधिकारीहरूलई शुभकामना दिदै वडा नं.६कि महिला सदस्य शान्ता पाण्डेले संस्थाको उन्नति प्रगति सहित सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष भभुते प्रसाद चौधरीको अध्यक्षता वरिष्ठ समाजसेवी हरिप्रसाद बेलबासेको बिशिस्ट आतिथ्यता विभिन्न संघसंस्थाका पदाधिकारीको उपस्थिति रहेको उक्त कार्यक्रम सह सचिव पिताम्बर बि.कको स्वागत मन्त्व्य र सचिव लक्ष्मण खनालको सञ्चालनमा सम्पन्न भएको हो ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया